कात्तिक ११, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक भएको छ । केन्द्रीय निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको कार्यतालिका अनुसार केन्द्रीय महाधिवेशन मंसिर २४, २५ र २६ गते हुनेछ ।
यसअघि बुधबार मंसिर २७ देखि २९ सम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको थियो ।
बिहीबार यसमा संशोधन गरेर तीन दिनअघि सारिएको हो । तल्ला कमिटीहरुको कार्यतालिकामा पनि संशोधन भएको छ ।