• २०८३ बैशाख १६ गते बुधवार

नेपाल-ताजिकिस्तान भिड्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ११, काठमाडौं ।  एएफसी यू-२३ एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज घरेलु टिम ताजिकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपालले घरेलु टिमको सामना गर्नेछ। नेपाल र ताजिकिस्तानबीचको खेल नेपाली समय अनुसार ७ः४५ बजे सुरु हुनेछ।

घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल पहिलो अंकको खोजीमा हुनेछ।  नेपालले हारबाट प्रतियोगिताको सुरुआत गरिसकेको छ। छनोटको समूह बी को नेपाल पहिलो खेलमा बलियो टिम इरानसँग ४(० गोल अन्तरले पराजित भएको थियो।

ताजिकिस्तान भने लगातार दोस्रो जितको खोजीमा हुनेछ। पहिलो खेलमा ताजिकिस्तानले लेबनानलाई हराएको थियो।

यस समूहमा ३ अंक जोडेको इरान शीर्ष र ताजिकिस्तान ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। अंकविहीन लेबनान तेस्रो र नेपाल पुछारमा रहेको छ। छनोट अन्तर्गत नेपालले अन्तिम खेलमा नेपालले लेबनानसँग आगामी आइतबार खेल्नेछ।

Sharing

प्रतिक्रिया दिनुहोस