• २०८३ बैशाख २५ गते शुक्रवार

 नेप्सेमा  थप ७० अंकको गिरावट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १२, काठमाडौं । गत हप्ता देखिनै निरन्तर ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्सेको पहिरो आज मंगलबार पनि जारी रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक थप ७०.०१ अंकले घटेर २६ सय १५.४० विन्दुमा झरेको हो ।

गत सोमबार नेप्से अधिकतम परिसूचक अधिकतम् ७३.०५ अंकले घट्दै २६ सय ८५.४१ विन्दुमा अड्किएको थियो । नेप्सेका अनुसार आज ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत अधिकतम् ११.४२ अंकले घट्दै ४९४.९१ विन्दुमा झर्न पुगेको छ ।

सबै उप–सूचकहरु ऋणात्मक भएर बजार नै राताम्मे भएको यस दिन सबैभन्दा बढी गुमाउनेमा फाइनान्स समूह रहेका छन् । यस समूहले आज अधिकतम् ७.३७ प्रतिशतले गुमाएका छन् ।

यस्तै, हाइड्रोपावर समूहले ४.७४, इन्भेष्टमेन्टले ३.९३, विकास बैंकले ३.१५, निर्जीवन बिमा समूहले २.७८ र व्यापार समूहले २.६३ प्रतिशतले गुमाएका छन् । यद्यपि, यता मनकामना स्मार्ट लघुवित्तको सेयरधनीहरुले भने आज सबैभन्दा बढी १० प्रतिशतले कमाएका छन् । २१८ कम्पनीका एक करोड ३० लाख ३४ हजार कित्ता बढी सेयर ७५ हजार ३७४ पटक बजारमा किनबेच भएको यस दिन कुल ५ अर्ब ७४ करोड ५४ लाखको कारोबार भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस