• २०८३ जेष्ठ ८ गते शुक्रवार

बालबालिकालाई कार्तिक ७ र ८ गते भिटामिन ‘ए’ खुवाइने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १२, काठमाडौँ। देशभर पाँच वर्षसम्मका बालबालिकालाई कार्तिक ७ र ८ गते भिटामिन ‘ए’ खुवाइने भएको छ । ६ देखि ५९ महिनाका बालबालिकाहरूलाई भिटामिन ए क्याप्सुल, १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, ६ देखि २३ महिनाका बालबालिकालाई बहु सुक्ष्म पोषक तत्व बाल भिटा समेत दिइने भएको छ । देशभरका खोप केन्द्रलाई राष्ट्रिय भिटामिन ए कार्यक्रमको तयारी थाल्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस