• २०८३ बैशाख १० गते बिहिवार

तारकेश्वरबाट तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 

भदौ १२, काठमाडौं । प्रहरीले तास खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ । तारकेश्वर नगरपालिका-८ जरङखु गैरीगाउँ डेरा गरी बस्ने गोरखा, गोरखा नगरपालिका-३ घर भएका ४६ वर्षीय नारायण श्रेष्ठको कोठामा तास खेलिरहेको अवस्थामा नारायण लगायत ७ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उनको कोठामा तास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४३ हजार रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस