• २०८३ बैशाख १५ गते मङ्गलवार

अमेरिकाद्वारा अफगानिस्तानमा ड्रोन स्ट्राइक हमला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

एजेन्सी, १२ भदौ ।  अमेरिकाले अफगानिस्तानको आइएसआइएस रहेको इलाकामा ड्रोन स्ट्राइक प्रहार गरेको छ। काबुलमा दुई वटा बम विस्फोटबाट १६९ जना आफगानी र १३ अमेरिकी मारिएपछि अमेरिकाले ड्रोन स्ट्राइक हानेको हो।

नंगहार भनिने स्थानमा प्रहार गरिएको ड्रोन स्ट्राइकबाट एक जनाको मृत्यु भएको भ्वाइस अफ अमेरिकाले जनाएको छ। मारिने व्यक्ति काबुल विस्फोटमा संलग्न थिए कि थिएनन् भन्नेबारेमा केही खुलाइएको छैन।

अमेरिकी रक्षा विभागका प्रवक्ता बिल अर्बानले एअर स्ट्राइक प्रहार गरेको उल्लेख गर्दै मानिसको मृत्युबारे भने जानकारी नभएको सिएनएनले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस