• २०८३ बैशाख १० गते बिहिवार

प्रधानमन्त्रीबाट बाहिरिएपछि पहिलोपटक सिंहदरबारमा ओली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन, १३ काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओली सिंहदरबार पुगेका छन् । ओली ओली बुधबार दिउँसो सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा पुगेका हुन् ।

प्रधानमन्त्रीबाट बाहिरिएपछि उनी पहिलो पटक सिंहदरबार आएका हुन् । प्रधानमन्त्री पदमा रहँदा ओली बिरलै सिंहदरबार पुग्थे । एमाले नेताहरुका अनुसार उनी भेटघाटका लागि सिंहदरबार पुगेका हुन् ।
ओलीले केही नेताहरूसँग समसामयिक विषयमा कुराकानी गर्दैछन् ।  संसदीय दलको कार्यालयमा ओली आएसँगै नेताहरूको चहलपहल बढेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस