• २०८३ जेष्ठ १८ गते सोमवार

फुलै फुलले ढाकिन रारा : डाक्दै छ पर्यटकलाई

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

साउन १३ मुगु । नेपालको सबै भन्दा ठुलो ताल रारा , यति बेला फुलै फुलले ढाकिएको छ । वर्षायाम शुरु भए सँगै आज भोली रारा घुम्न आउने पर्यटकको ओईरो लाग्ने गरेको छ । तर अहिले एक दर्दनाक अवस्थामा रारा अहिले रोई रहेको छ ।

बिश्व महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस कोभिड १९ ले गर्दा विश्व नै आक्रान्त भईरहेको बेला रारा घुम्न आउने बाह्य पर्यटकको आवागमन भने सन्तोष जनक देखिदैन । विगतका वर्षहरुमा यो समय दैनिक एक हजार देखि १५ सय सम्म आन्तरिक पर्यटक रारा पुग्ने गरेका भएपनि कोरानाका कारण यो बर्ष रारा भने बाह्य पर्यटकको पर्खाईमा रहेको छ ।

रारामा ताल वरपर ढकमक्क फुलेका फूलले रारा लाई झनै सुन्दर बनाएको छ । रारा ताल, आफैंमा सुन्दर छ । यही सुन्दर तालको वरिपरि फुलेका विभिन्न प्रजातिका फूलहरुले यहाँको वातावरण रंगिन बनाएको छ । प्रकृतिले सिँगारिएको राराले खैरो, बैजनी र नीलो गरी दिनमै तीन पटक रूप बदल्ने गर्दछ । यति बेला रारा क्षेत्रमा फुलेका फूलले राराताललाई झन् मनमोहक बनाएको आन्तरिक पर्यटकहरुको ठम्याई छ ।

मुर्माटपसम्म पुगरे रारादेखि वारिपारिको बस्तीको दृश्यावलोकन गर्न सकिने भएकाले यो मौसम रारा भ्रमणका लागि उपयुक्त ठानिएको आन्तरिक पर्यटक सक्क बहादुर बुढाले बताए । तर कोरानाले केही समय सम्म सुनसान परेको रारा बन्दाबन्दी खुले संगै तालमा रमाउन यतिबेला आन्तरिक पर्यटकको चहलपहल पनि निक्कै बढ्दै गहिरहेको बुढाको भनाई छ ।

रारा तालको किनारमा फुल फुलेका तस्बिरहरु

Sharing

प्रतिक्रिया दिनुहोस