चैत २९, नुवाकोट । नुवाकोट प्रहरीले लकडाउन अबज्ञा गर्नेलाई कारवाही गरेको छ । बिश्वव्यापी महामारीको रुपमा फैलिदै गरेको नोबेल कोरोना भाईरस (कोभिड-१९) संक्रमणको बिरुद्द नेपाल सरकारद्वारा जारी भएको लकडाउनको अबज्ञा गरी हिडेका ६७ जना मानिसहरुलाई कारवाही गरिएको हो ।
लकडाउनको अवज्ञा गर्ने ६७ जनालाई उक्त स्थानमानै केही समय होल्ड गरी सम्झाई-बुझाई गरी पठाएको छ भने लकडाउनको समयमा चलाईएको ९ वटा मोटरसाइकल र १ स्कुटरलाई आवश्यक कारबाहीको लागी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पठाइएको छ ।