• २०८३ बैशाख २१ गते सोमवार

गण्डकीमा गुरुङ र लुम्बिनीमा शेरचन प्रदेश प्रमुख नियुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १३, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गरेकी छन्।

नेपालको संविधानको धारा १६३ को उपधारा १२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूलाई राष्ट्रपतिले प्रदेश प्रमुखमा नियुक्त गरेको  राष्ट्रपति कार्यालयले जनाएको छ।

मन्त्रिपरिषद्को मंगलबारको बैठकले लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादव र गण्डकी प्रदेशका प्रमुख सीताकुमारी पौडेलाई पदमुक्त गरी गुरुङ र शेरचनलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा उनीहरूलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

 

Sharing

प्रतिक्रिया दिनुहोस