• २०८३ बैशाख १३ गते आइतवार

नहरमा डुबेर बालिकाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १४,दाङ। दाङमा नहरमा डुबेर एक बालिकाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालयका अनुसार बौलाहा खोलाको नहरको पानी खेल्ने क्रममा शान्तिनगर गाउँपालिका वडा नम्बर ६ कोरबाङमा ३ वर्षीया बालिका यमसरा चौधरीको डुबेर मृत्यु भएको हो।

उनको शव घटनास्थलबाट झन्डै एक किलोमिटर दक्षिणमा फेला परेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टम गर्न राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस