• २०८३ बैशाख ८ गते मङ्गलवार

कोपा अमेरिका फुटबल : ब्राजिलले इक्वेडरसँग १-१ गोलको बराबरी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १४, एजेन्सी । आयोजक ब्राजिलले कोपा अमेरिका फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा बराबरी खेलेको छ । सोमबार बिहान भएको खेलमा ब्राजिलले इक्वेडरसँग १-१ गोलको बराबरी खेलेको हो ।

खेलको ३७ औं मिनेटमा एभर्टनको फ्रिकिकमा इडर मिलिटाओले हेडमार्फत गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । तर, खेलको ५३ औं मिनेटमा इनर भ्यालेन्सियाको पासमा एन्जल मिनाले गोल गर्दै इक्वेडरलाई १-१ गोलको बराबरीमा ल्याए ।

यस बराबरीसँगै समूह बी को ब्राजिल समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह चरणमा अपराजित ब्राजिलले ४ खेलमा १० अंक जोड्यो ।
इक्वेडरले ४ खेलमा ३ अंक जोड्यो । इक्वेडर पनि चौंथो स्थानमा रहदै क्वाटरफाइनलमा पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस