• २०८३ जेष्ठ ६ गते बुधवार

युरोकप फुटबल : पोर्चुगललाई १-० गोल अन्तरले पराजित गर्दै बेल्जियम क्वाटरफाइनलमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १४, एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा बेल्जियम क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्पेनमा आइतबार राति भएको प्रि-क्वाटरफाइनलमा साविक विजेता पोर्चुगललाई १-० गोल अन्तरले पराजित गर्दै बेल्जियम अन्तिम आठमा पुगेको हो ।


खेलको ४२ औं मिनेटमा थोमस मुनिएरको पासमा हाजार्डले बक्स बाहिरबाट बेल्जियमका लागि निर्णायक गोल गरेका हुन् । पोर्चुगलले भने बेल्जियमविरुद्ध पाएको मौकामा गोल निकाल्न सकेन । पोर्चुगलको पटक पटकको आक्रमण बेल्जियमका गोलकिपर थोबाउट कोर्टुवाले बचाएका थिए ।

यससँगै बेल्जियम क्वाटरफाइनलमा पुग्ने चौंथो टिम बनेको छ । पोर्चुगल भने अन्तिम १६ बाटै बाहिरिएको छ । अब बेल्जियमले क्वाटरफाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस