• २०८३ बैशाख ७ गते सोमवार

चालु आर्थिक वर्षमा आर्थिक वृद्धिको लक्ष्य भेट्न मुस्किल: अर्थमन्त्री विष्णुप्रसाद पौडेल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १४, काठमाडौँ । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिको लक्ष्य भेट्न मुस्किल हुने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् । आज आर्थिक सर्वेक्षण २०७७र७८ सार्वजनिक गर्दै उनले कोभिड-१९ले अर्थतन्त्रमा आएको सुस्तताले यस्तो अवस्था आएको बताएका हुन् ।

उनका अनुसार नेपालको २०७६र७७ मा आर्थिक वृद्धिदर २.१२ प्रतिशत ऋणात्मक थियो । चालुमा ४.०१ मा रहने भनिएकोमा अब आर्थिक वृद्धिदर चूनौतीपूर्ण रहेको छ । यसअघि केन्द्रिय तथ्याङ्क विभागले चालु आवमा ४.०१ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । त्यसअघि बजेट ७ प्रतिशतको हारामारीमा आर्थिक वृद्धि हुने अनुमान गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस