• २०८३ जेष्ठ २१ गते बिहिवार

रोल्पामा आगलागीबाट ४६ घरगोठ जलेर नष्ट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १५, रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका -२ को पिराले गाउँमा भीषण आगलागी भएको छ । थारलेख सामुदायिक वनबाट सुरू भएको आगलागी मानवबस्तीमा फैलिदा २८ वटा घर र १८ वटा गोठ जलेर नष्ट भएका छन् ।

घरमा भएका अन्नपात र लत्ताकपडा जलेर खरानी बनेका छन् । घर जलेपछि स्थानीय छिमेकीकोमा आश्रय लिएका छन् । आगलागीबाट मानवीय क्षति नभएपनि १० वटा बाख्रा ,१२ वटा गाई जलेर मरेका छन् । वडाअध्यक्ष कविराज वुढाले जानकारी दिएका छन् । उनका अनुसार आगलागी सोमबार रातिदेखि सुरू भएको हो । आगलागी नियन्त्रणको प्रयास भईरहेपनि आगो अझै नियन्त्रणमा आएको छैन् ।

आगो नियन्त्रणमा लिन, सुरक्षाकर्मी र स्थानीय प्रयासरत छन् । आगलागी भएको बस्तीमा प्रमुख जिल्ला अधिकारी र रेडक्रसको टोलीले राहत वितरण गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस