• २०८३ बैशाख १७ गते बिहिवार

अवैध रुपमा ल्याउँदै गरेको सुन सहित एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १५, काठमाडौं । अवैध रुपमा ल्याउँदै गरेको करिब ८ सय १२ ग्राम सुन जस्तो देखिने धातु सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङ स्थायी वतन भएका सुरेश कुमार शर्मालाई मंगलबार बिहान पक्राउ गरेको हो ।

जजिरा एयरलाइन्सको उडानद्वारा दुवईबाट कुवेत हुँदै काठमाडौं आएका राहदानी नम्बर ११६७०५८६ वाहक सुरेशलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगमनतर्फको भन्सार चेकजाँच क्षेत्रको एक्स-रे मा जाँच गर्नेक्रममा लगेजमा एक्जिस्टिङ्ग फ्यान तथा साउण्ड स्पिकरभित्र फल्स बटम बनाई लुकाई ल्याएको उक्त धातु सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस