• २०८३ भाद्र १ गते सोमवार

आजको मौसम देशका पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १५, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जसका कारण देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

महाशाखाका अनुसार बुधबार दिउसो देशका पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानमा अपरान्हपछि मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको छ । यस्तै राती देशका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना छ ।

महाशाखाले देशभर अधिकतम र न्यूनतम तापक्रममा बृद्दि भइरहेकोले गर्मी बढ्ने र सो वाट सृजना हुन सक्ने संभावित असरहरु वाट बच्नका लागि साथै पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध गरेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस