• २०८३ बैशाख १० गते बिहिवार

सेयर बजारमा  गिरावट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १६, काठमाडौँ। आज आइतबार सेयर बजारमा ७९. ७४ अंकको गिरावट आएको छ । ७९. ७४ अंकले झरेपछि बजार २४७४ अंकमा आएको हो । परिसूचक घटे पनि कारोबार रकम भने उल्लेख्य देखिन्छ । २०७ कम्पनीको ८ अर्ब ३५ करोड रुपैयाँको सेयर किनबेच भयो । यस दिन होटल तथा पर्यटनबाहेक सबै समूह घटेका छन्। सो समूह ११ अंकले बढ्यो ।

बैंकिङ ५४, ब्यापार ११, विकास बैंक ७५, जलविद्युत ६७, फाइनान्स २९, निर्जीवन बीमा १७८, उत्पादन १९८, अन्य ८१, माइक्रोफाइनान्स १४१, जीवन बीमा ६२४ तथा लगानी समूह ४ अंकले घटेका छन् । लगानी हालै थपिएको समूह हो। यस दिन चन्द्रागिरि हिल्सको मूल्य भने १० प्रतिशतले बढ्यो । प्रतिकित्ता ३७ रुपैयाँले बढेर कम्पनीको मूल्य प्रतिकित्ता ४१४ रुपैयाँ कायम भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस