• २०८३ जेष्ठ २ गते शनिवार

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १५, सप्तरी। सप्तरीमा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार हनुमाननगर कंकालिनी नगरपालिका-१ कोसी ब्यारेजस्थित नहरको बाटोको छेउमा बिग्रेर राखिएको पुरानो रोलरमा ठोक्किएर ३ जना सवार स. ३ प. ३०४७ नम्बरको मोटरसाइकल दुर्घटना हुदा चालक तिलाठी कोइलाडी गाउँपालिका-३ सकरपुरा निवासी ३० वर्षीय शिवकुमार मुखियाको मृत्यु भएको हो ।

मुखियासहित मोटरसाइकलमा सबार सोही ठाउाका २० वर्षीय रामकुमार मुखिया र २५ वर्षीय राम अवतार खंग घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि विराटनगर लगेकोमा शिवकुमारको सोही क्रममा मृत्यु भएको र बाँकी दुई जनाको उपचार त्यही भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस