• २०८३ बैशाख ११ गते शुक्रवार

बसमा आगलागी हुँदा ५३ जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १५,एजेन्सी। क्यामरुनमा एक यात्रुवाहक बसमा आगलागी हुँदा ५३ जनाको मृत्यु भएको छ भने २९ जना गम्भीर घाइते भएका छन् । देशको मध्य पश्चिमी क्षेत्रमा पर्ने क्लिफ अफ डिस्चाङ भन्ने स्थानमा पेट्रोलियम पदार्थ बोकेको ट्यांकरसँग ठोक्किएर बुधबार बसमा समेत आगलागी भएको हो । सो दुर्घटनामा परी मृत्यु भएकाहरूको शव जलेकाले पहिचान गर्न कठिन भएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

दुर्घटनामा परेको बसमा ७० सिट रहेको थियो । सरकारी अधिकारीहरूले दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् । प्रारम्भिक विवरणअनुसार पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरका चालकले नियन्त्रण गुमाएकाले दुर्घटना भएको देखिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस