• २०८३ असार ११ गते बिहिवार

सवारी दुर्घतनामा परि दुईको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १४, काठमाडौं । कुलेखानीबाट बालुवा ल्याउदै गरेको मिनिट्रक दक्षिणकाली नगरपालिका हुमानेमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। बुधबार बेलुका ९:00 बजे कुलेखानी बाट बालुवा बोकेर आएको ‘बा ३ ख ६१९९’ नम्बरको एक मिनट्रक ब्रेक फेल भएर दुर्घटना भएको हो ।

दुर्घटनामा परि चालक सहित २ जनाको मृत्यु भएको छ। स्थानियहरूले दुर्घटना स्थलमा गइ घाइते भएका सवारी चालक र सहचालकलाई उपचारको लागीअस्पताल लागेका थिए । उपचारको लागी अस्पताल लाने क्रममा बाटो मै चालकको मृत्यु भएको हो भने उपचार गर्ने क्रममा सहचालकको पनि मृत्यु भएको स्थानिय र चालकको आफन्तले जानकारी दिएका छन ।

Sharing

प्रतिक्रिया दिनुहोस