• २०८३ बैशाख ८ गते मङ्गलवार

बीजेपी मेयरलाई आम आदमीले हरायो, पहिलो पटक चन्डीगढमा आप बन्यो ठूलो पार्टी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १२, काठमाडौं । भारतको दिल्लीमा पकड जमाएको आम आदमी पार्टीले दिल्ली बाहिर पनि आफ्नो उपस्थिति बलियो बनाएको छ । चन्डीगढमा भएको नगरपालिका चुनावमा आम आदमी पार्टी सबैभन्दा धैरै सिट जित्ने पार्टी बनेको छ ।

आम आदमी पार्टीले नगरपालिकामा ३५ मध्ये १४ सिटमा जित हासिल गरेको छ । त्यहाँ बीजेपीले १२ र कांग्रेसले ८ र अकाली दलले एक सिट जितेको छ । चन्डीगढमा बीजेपीका वर्तमान मेयर रविकान्त शर्माले चुनाव हारेका छन् । उनलाई आपका उम्मेदवारले पराजित गरे । आम आदमी पहिलो पटक चन्ढीगढमा चुनावी मैदानमा उत्रिएको थियो ।

जितपछि दिल्लीका मुख्यमन्त्री र आम आदमी पार्टीका संयोजक अरविंद केजरीवालले ट्वीट गरेर उम्मेदवार र कार्यकर्ता तथा मतदातालाई बधाइ दिएका छन् । उनले ट्वीटमा भनेका छन्, “चन्डीगढ नगर निगममा आम आदमी पार्टीको यो जित पञ्जावमा आउने लागेको बदलाव हो।”

गत निर्वाचनमा उक्त नगरपालिकामा बीजेपीले २० सिट जितेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस