पौष १२, बाँके । नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह चेकप्वाईन्टबाट करिब १ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित कोहलपुर नगरपालिका-५ रझेना बस्ने १९ वर्षीय राज कुमार थारुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित चेकप्वाईन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा राजकुमारको साथबाट उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।