• २०८३ बैशाख ११ गते शुक्रवार

कोशीमा हामफालेका स्वास्थ्यकर्मीको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ११, सप्तरी। आज कोशी नदीमा हाम फालेका एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । सप्तरी प्रहरीका अनुसार हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहस्थित कोशी ब्यारेजको ५२ नम्बरको ढोकाबाट हाम फालेका झापाको दमक नगरपालिका–६ का सुवास नेपालको मृत्यु भएको हो ।

उनी हामफालेको ठाउँदेखि केही पर शव भेटिएको हो । स्वास्थ्यकर्मी नेपाल जिल्ला जनस्वास्थ कार्यालय मोरङमा कार्यरत थिए । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस