बैशाख ३०, काठमाडौं । नेकपा सांसद नवराज सिलवालले मंगलवार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै कविता ‘अतिक्रमण’ सुनाउनु भएको छ । हिजो मात्र सांसदमा गगन थापाको कविता “म त भाग्यमानी” सुनाउनु भएको थियो । सांसद सिलवालले सुनाउनु भएको कविता यस्तो छ
कविता ‘अतिक्रमण
हाम्रो देश हिजोपनी अतिक्रमणमा मै थियो
सीमानामा निरन्तरता दुखेकै थियो
विस्तारवादीहरूको अतिक्रमण
भ्रष्टाचारीहरूको अतिक्रमण
दलाल नोकरशाहीहरूको अतिक्रमण
हो, भोकानाङ्गा साधारण माथीको अतिक्रमण
निरन्तरता नै थियो अतिक्रमण
हिजो उनीहरूनै बर्सौ बर्ष सत्तामा थिए
केही ठोस गरिएको पनि सुनिएन
अनायासै झसङ्ग निन्द्रावाट बिउँझे झै
आज आवाज ठूलो सुनिएको छ
हिजो सत्तामा उन्माद मच्चाएकै हुन
पुलिस र अदालत छक्काएकै हुन
बिचौलियाको कमिशन पचाएकै हुन
जे होस ,आज हामी सबै फरक परिस्थितिमा उभिएका छौ।
मुलुकको अस्मिता जोगाउनु पर्ने स्थीतीमा छौं
इतिहासको संगीन मोडमा सरकार माथी प्रहार गरेर मात्र होइन
बरू
सरकार र प्रतिपक्ष संगै उभिएर
राष्ट्रिय स्वाभिमान र समृद्धिको खातिर
सरकारऽ संसद र सडक संयुक्त आवाज
संयुक्त पहल संयुक्त रास्ट्रीय मोर्चा आजको आवश्यकता