• २०८३ मङ्सिर २ गते मङ्गलवार

अमेरिकी डलरसहित एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ११, कास्की । पोखराबाट दुई लाख अमेरिकी डलरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–९ शिवालय चोक बस्ने मुस्ताङ लो–घेकर दामोदर कुण्ड गाउँपालिका–१ घर भएका ४२ वर्षीय छिरिङ डुन्डु गुरुङ १ लाख ९४ हजार २ सय अमेरिकी डलरसहित पक्राउ गरेको हो ।

काठमाडौँबाट पोखरा जाँदै गरेको गाडी जाँच गर्ने क्रममा पोखरा महानगरपालिका–३३ गगनगौंडाबाट अमेरिकी डलर सहित पक्राउ गरेको र आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस