• २०८३ बैशाख ३१ गते बिहिवार

फोक्सुण्डो ताल घुम्न जाने क्रममा खोलामा खसेर युवती बेपत्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १०, डोल्पा । हिमाली जिल्ला डोल्पामा पर्ने फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता भएकी छन् ।

दुनैबाट पैदल हिँडेर फोक्सुण्डो जाने क्रममा शे–फोक्सुण्डो गाउँपालिका–९ अन्तर्गत पर्ने छेप्का भन्ने स्थानबाट आज बिहान १० बजेतिर सुलिगाड खोलामा खसेर ठूलीभेरी नगरपालिका–३ दुनै बस्ने २६ वर्षीया युवती सलिना बुढा बेपत्ता भएको जिप्रकाका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।

बुढा हिँड्ने क्रममा खुट्टामा ठेस लागेर खोलामा खसेको र प्रहरी, सेना तथा आफन्त मिलेर खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस