• २०८३ बैशाख २० गते आइतवार

इरानले अफगानिस्तानमा मानवीय सहायता सामग्री पठायो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ११, इरान । इरानले अफगानिस्तानका लागि मानवीय सहायतासम्बन्धी सामग्री पठाएको छ । अफगानिस्तानका स्थानीय सञ्चारमाध्यमहरुका अनुसार अफगानिस्तानका लागि इरानले यो दोस्रो पटक सामग्री पठाएको हो ।

यी सामाग्रीहरुमा इरानले विशेषगरी खाद्य सामग्री पठाएको छ । करिब २१ टन खाद्य सामग्री ल्याएको जहाज आइतबार अफगानिस्तानको काबुल विमानस्थलमा अवतरण गरेको यहाँका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।अफगानिस्तानका विद्रोही तालिबानीहरुले यहाँको सत्ता कब्जा गरेपछि अफगान नागरिकलाई खाद्यान्न लगायतका सामग्रीको खाँचो परेको बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस