भदौ ११, बाँके । अस्थायी प्रहरी पाेष्ट फत्तेपुर ख काे नबनिर्मित भान्सा घर प्रतिक्षालय र प्रहरी बिटकाे एक कार्यक्रमका बिज जिल्ला प्रहरी कार्यालय बाके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले उद्घाटन गर्नु भयकाे छ ।
उहाले प्रहरी लाई यति धेरै माया गरेर गत साल यस्तो राम्रो घर र अहिले भान्सा, घर ,प्रतिक्षालय र प्रहरी बिट बनाई दियकाे मा धन्यावाद दिनु भएकाे थियो ।

नेपाल प्रहरीले जनतासंग नजिक भयर काम गर्नकै लागि विभिन्न कार्यक्रम हरुलियर काम गरेकाे भयतापनि पनि यहाँको प्रहरी र जनता बिचकाे सम्बन्ध बाके जिल्लामा मात्रै नभयर नेपाल अधिराज्य कै नमुना भयकाे बताउनु भयाे ।

जसरी जनताले अाफ्नाे घर नबनाई प्रहरीलाई घर ,भान्सा घर, प्रतिक्षालय, प्रहरी बिट बनाई दिनुका साथै अन्य सामाग्री हरु उपलब्ध गराई सुधिधा सम्पन्न घर बनाईदिनु भएकाे छ । अब प्रहरी ले जनतालाई यसकाे गुन तिर्नु पर्ने बताउनु भएकाे थियो ।
उक्त कार्यक्रमकाे अध्यक्षता राप्ती साेनारी गाउँ पालिका पाड न ६ का वडा अध्यक्ष जनक बहादुर थारु ले गर्नु भयकाे थियो भने उक्त कार्यक्रम संचालन अस्थायी प्रहरी पाेष्टका ईन्चार्ज प्रहरी सहाय निरिक्षक जंग बहादुर महत क्षेत्रीले गर्नु भयकाे थियो ।
