• २०८३ बैशाख १४ गते सोमवार

घुस लिने प्रहरी जवानविरुद्ध मुद्दा दायर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १३,काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६० हजार रुपैयाँ घुस लिने प्रहरी जवानविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले इलाका प्रहरी कार्यालय सीतागञ्ज सुनसरीका प्रहरी जवान कासिन्दर यादवविरुद्ध ६० हजार रुपैयाँ बिगो कायम गर्दै विशेष अदालत काठमाण्डौमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

यादवले इलाका प्रहरी कार्यालय सीतागञ्जमा परेको उजुरी मिलाइ दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम मागेको भन्ने सूचना र उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिइ गएको टोलीले उनलाई घुसबापतको रकमसहित पक्राउ गरेको थियो । हिरासतमा रहेको व्यक्तिलाई छुटाइ दिन्छु भनेर सेवाग्राहीसँग ६० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस