• २०८३ बैशाख ४ गते शुक्रवार

कानुन प्रद्द्त खाद्य अधिकार सुनिस्चित गर्न योजना निर्माण गर्दै कोहलपुर नगरपालिका

केशब भट्टराई पढ्न लाग्ने समय : २ मिनेट

असार १३, बाँके । बाँकेको कोहलपुर नगरपालिकाले खाद्य तथा पोषण सुरक्षा योजना निमार्णका लागि तयारी थालेको छ । खाद्य अधिकार खाद्य सम्प्रभुता ऐन २०७५ को ब्यवस्था अनुसार खाद्य सुरक्षा र खाद्य अधिकार सुनिश्चित गर्नका लागि रणनीतिक योजना बनाउन लागिएको कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले बताउनुभयो ।

No description available.

 

कार्यक्रममा बोल्दै नगर प्रमुख रावतले प्रभाबकारी रुपमा यथार्थ सुचना संकलन गरि ब्यवस्थित रणनीतिक योजना मर्फत नागरिकको कानुन प्रद्द्त खाद्य अधिकार सुनिस्चित गर्न तथा सरकारले लिएको लक्ष्य पूरा गर्न योजना निर्माण गर्न लागिएको बताउनुभयो । सहभागी तथा अन्य सरोकारवालाहरुलाई योजना निर्माणमा सलग्न बिज्ञ टोलीलाई आवश्यक सहयोग गर्न समेत आग्रह गर्नुभयो ।

No description available.

छलफलमा खाद्य तथा पोषण सुरक्षा योजना निर्माण देखिएको समस्या, चुनौती र कार्ययोजना निर्माण गर्दै आगामी दिनमा अघि बढने योजना बनाईएको फियान नेपालको क्षेत्रिय सयोजक सुरेस गौतमले बताउनुभयो । कार्यक्रममा नगरपालिकाको शाखाप्रमुखहरुले विषयगत प्रस्तुतीकरण समेत गर्नुभएको थियो ।

No description available.

कार्यक्रममा खाद्य तथा पोषण बिज्ञ लुमनाथ अधिकारि, फियानका बित्त ब्यवस्थापक बिनोद पाण्डेय कार्यक्रम अधिकृत लक्ष्मी गुरुङ, फियानका कानुन तथा क्षमता बिकास अधिकृत मुकुन्द राना र कर्यक्रम अधिकृत प्रकाश नेगिले कार्यक्रममा सहजीकरण गर्नु भएको थियो ।

No description available.

यस्तै कार्यक्रमको उद्देश्य माथी फियानका कोषाध्यक्ष झपेन्द्र भट्टराईले प्रकाशपार्नु भएको थियो। आईतवार कोहलपुरमा भएको छलफलमा पालिकाका प्रतिनिधि संगै कार्यपालिका सदस्य, कृषि, स्वास्थ, शिक्षा, महिला बालबालिका र पशुपन्छी, बिकास शाखा प्रमुखहरु र पत्रकारहरुको उपस्थित रहेको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस