• २०८३ बैशाख २३ गते बुधवार

तारकेश्वरको आइसोलेसन केन्द्रलाई लायन्स क्लव अफ 325-B1 नेपालको ५ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ १३, काठमाडौं । लायन्स क्लव अफ 325-B1 नेपालले तारकेश्वरको साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेशनका लागि करिव ५ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । स्वास्थ्य सामाग्रीहरुमा अक्सीजन कन्सनट्रेटर ४ थान, अक्सीजन रेगुलेटर १५ पिस, अक्सीमिटर ५ पिस, दुई पिस फोल्डीङ बेड र युरोगार्ड लगायतका स्वास्थ्य सामाग्रीहरु रहेका छन् ।

लायन्स क्लव अफ 325-B1 नेपाल अन्तर्गतका क्लवहरुको सहयोगमा उठेको रकमबाट तारकेश्वर नगरपालिकाको आइसोलेसन केन्द्रमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको डिस्ट्रीक डिपार्टमेन्ट चिफ क्याम्पेन १०० लायन राजु चालिसेले बताउनुभयो । कोरोना भाइरसको संक्रमण र बिरामीहरुको संख्या बढ्दै गएपछि लायन्स क्लव डिस्ट्रीक गभर्नरको आह्वान बमोजिम एलसिआइएफ एरिया लिडर लायन बालकृष्ण बुर्लाकोटी, डिस्ट्रीक सर्बोच्च लिडर डिस्ट्रीक गभर्नर लायन मन बहादुर रोक्काले संयुक्त रूपमा तारकेश्वर नगर प्रमुख रामेश्वोर बोहोरालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन ।

No description available.

स्वास्थ्य सामाग्री सहयोग गर्ने लायन्स क्लव अफ 325-B1 नेपालका डिस्ट्रीक क्याबिनेट ट्रेजर र लायन उदय कुमार नेपाल, डिस्ट्रीक डिपार्टमेन्ट चिफ डिजास्टर रिलिफ लायन हसन कुमार गोपाली कार्यक्रम सयोजक, डिस्ट्रीक डिपार्टमेन्ट चिफ क्याम्पेन १०० लायन राजु चालिसे सदस्य क्लस्टर चिफ लायन रामहरि सिलवाल, रिजन चेयर पर्सन लायन बासुदेब तिमील्सिना क्लब प्रेसिडेन्ट लायन सुश्मा रेग्मी लायन्स क्लब अफ अटल पिङलास्थान, लियो क्लब अफ अटल पिङलास्थानबाट उक्त कार्यक्रमको लागी सुष्मा रेग्मीले अटल पिङलास्थानबाट ४ थान अक्सिजन कन्सनट्रेटर सहयोग गर्नु भएको छ । त्यस्तै लायन्स क्लब तार्केश्वोरले युरो गार्ड उपलब्ध गराएको थियो । स्वास्थ्य सामाग्री बुझ्दै नगर प्रमुख रामेश्वर बोहोराले सहयोगी संस्थालाई धन्यवाद प्रकट गर्नुभएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस