• २०८३ जेष्ठ २९ गते शुक्रवार

तथ्य बंग्याएर बदनाम गर्न खोजेको भन्दै निवर्तमान सात मन्त्रीका सचिवालयको आपत्ति

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ १३, काठमाडौँ । तथ्य बंग्याएर भ्रामक समाचार सम्प्रेषण गरेर बदनाम गरेको भन्दै निवर्तमान सात जना मन्त्रीहरुको सचिवालयले आपत्ति जनाएको छ । सर्वोच्चको अन्तरिम आदेशबाट कामकाज नगर्न भनिएका गृहमन्त्री रामबहादुर थापा, उर्जा जलस्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझी, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु साह, खानेपानी मन्त्री मणि थापा, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरी एवम् युवा तथा खेलकुद मन्त्री दावा तामाङले मन्त्री क्वाटर नछोडेको विषयमा भ्रम फैलाउन खोजेको भन्दै सचिवालयबाट प्रष्टोक्ति आएको हो ।

बर्खास्त गरिएका मन्त्रीहरुले मन्त्री क्वाटर छाडेनन् भन्ने शीर्षकमा केही अनलाईनहरुले समाचार सम्प्रेषण गरेकोप्रति आपत्ति जनाउदै निवर्तमान उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझीका स्वकीय सचिव लिला जिसीले समाचारको आशय मानहानी गर्न मात्र रहेकोले सच्चिनका लागि आग्रह समेत गरेको छ । अस्पष्ट संवैधानिक प्रावधानको सन्दर्भमा एकपटक मन्त्री बनेका व्यक्ति ६ महिना नपुग्दै पुन: मन्त्री बन्न पाउने कि नपाउने विषयमा सम्मानित सर्वोच्च अदालतले विचाराधीन मुद्दामा तत्काल मन्त्रीको रुपमा काम नगर्नु नगराउनुू भनी दिएको अल्पकालीन अन्तरिम आदेशलाई बर्खास्त भनेर अनावश्यक विषयसँग जोडेर गलत मनसायका साथ समाचार लेखिनुमा गलत नियत रहेको स्वकीय जिसीको भनाई छ ।

“बर्खास्त गरिएका मन्त्रीहरुले मन्त्री क्वाटर छाडेनन्” भन्ने शीर्षकमा केही अनलाईनहरुको भ्रामक समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । एकपटक मन्त्री बनेका व्यक्ति ६ महिना नपुग्दै पुन: मन्त्री बन्न पाउने कि नपाउने विषयमा सम्मानित सर्वोच्च अदालतको विचाराधीन मुद्दामा “तत्काल मन्त्रीको रुपमा काम नगर्नु नगराउनु” भनी आएको अल्पक़ालीन अन्तरिम आदेशलाई नै अन्तिम फैसलाको रूपमा बुझेर मन्त्रीबाट बर्खास्त गरिएको भनी मनगढन्त रुपमा नेतालाई बदमान गराउने उद्देश्यले सम्प्रेषित समाचार गलत रहेको ब्यवहोरा अनुरोध छ । जीसीले भने, यसमा कही न कही गलत नियत लुकेको स्पष्ट बुझ्न सकिन्छ ।

त्यस्तै निवर्तमान शहरी विकास मन्त्रीका स्वकीय सचिव बालकृष्ण सापकोटाले पनि समाचारमा भनिएजस्तो केही पनि विषय नरहेको प्रष्ट पारेका छन् । सत्य तथ्य नै नबुझी चरित्रहत्या एवम् मानहानी गर्ने उद्देश्यले समाचार सम्प्रेषण गर्ने कार्य सही हुन नसक्ने बताउदै भ्रममा नपर्न आग्रह गरेका छन् ।

सत्य तथ्य कुरा नै नबुझी कपोकल्पित ढंगबाट कसैको चरित्रहत्या एवं मानहानि गर्ने उद्देश्यले समाचार सम्पेषण गर्नरगराउने जुन कार्यहरु भएका छन् ती सबै गलत मनसायका साथ गरिएका हुन जुन किमार्थ सही मान्न मिल्दैन । सापकोटाले भने, त्यसैले यस्ता भ्रामक समाचारमाथि विश्वास नगर्न सबैमा अनुरोध गर्न चाहन्छौँ साथै देशलाई गुमराह गर्ने कपोकल्पित समाचार सम्प्रेषण नगर्नरनगराउन र समयमै सच्चिन आग्रह गर्दछौं ।

Sharing

प्रतिक्रिया दिनुहोस