जेठ १३, काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर वर्तमान कोरोना संक्रमणको उच्च जोखिमको समयमा सडकमा गएर मानविय क्षती हुने प्रकारका कुनै पनि गर्नु नहुने बताउनुभएको छ । नेपाल प्रेस युनियनको ३० औं वार्षिक उत्सवको अवसरमा बिहीबार अनलाइन माध्यमबाट सम्बोधन गर्दै सभापति देउवाले देउवाले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले आफूहरुलाई न्याय दिने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रपतिले मध्यरातमा असंवैधानिक रुपमा संसद विघटन गरेकाले आफूहरु न्याय खोज्न अदालत जानुपरेको बताउँदै सभापति देउवाले संसद विघटनविरुद्ध सडक आन्दोलनमा भने नजाने स्पष्ट पार्नुभयो ।
राष्ट्रपतिले संसद विघटन गर्ने प्रधानमन्त्रीको निर्णयमा साथ दिन नहुने देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रपतिजस्तो मान्छेले, प्रधानमन्त्रीले भनेको मान्न हुन्थेन, प्रधानमन्त्रीले त ग¥यो ग¥यो, राष्ट्रपतिले गर्न हुन्थेन । त्यसैले हामी अदालत गएका छौं, मलाई विश्वास छ अदालतले न्याय गर्छ ।’ १४९ जना सांसदको हस्ताक्षरसहित देउवाले प्रधानमन्त्रीमा दावी गरे पनि राष्ट्रपतिले केही सांसदको समर्थन दोहोरो परेको भन्दै नियुक्ति दिन अस्वीकार गर्नुभएको थियो ।