• २०८३ बैशाख २५ गते शुक्रवार

शंखरापुरबाट गोरु काट्दै गरेको अवस्थामा ५ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १७, काठमाडौं । प्रहरीले गोरु काट्दै गरेको अवस्थामा ५ जनालाई पक्राउ गरेको छ । शंखरापुर नगरपालिका-३ ढोक्साङमा गोरु काट्दै गरेको अवस्थामा सोही नगरपालिका-३ बोजेनी बस्ने ६५ वर्षीय सन्त बहादुर वाईबा लगायत ५ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

उक्त ठाउँमा २ वटा गोरु काट्दै गरेको अवस्थामा फेला पारी उनीहरुलाई महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले करिब ५ सय किलो गोरुको मासु सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस