• २०८३ बैशाख ५ गते शनिवार

कोरोना संक्रमणका कारण बाँकेमा थप सात जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १३, बाँके । कोरोना संक्रमणका कारण बाँकेमा थप सात जनाको मृत्यु भएको छ। भेरी अस्पतालमा ४ र नेपालगञ्ज मेडिकल कलेजमा ३ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

भेरी अस्पतालमा कैलालीकी ७४ वर्षीया महिला, बर्दियाकी ७५ वर्षीया महिला, ८० वर्षीय पुरुष र बाँकेकी ५५ वर्षीया महिलाको मृत्यु भएको छ भने नेपालगन्ज मेडिकल कलेजमा स्थानीय ५७ वर्षीय पुरुष, कञ्चनपुरकी ४७ वर्षीया महिला रदाङकी ५६ वर्षीया महिलाको मृत्यु भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस