जेठ १३, कैलाली । सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको कोरोना संक्रमणबाट मृत्यु भएको छ। कोरोना र निमोनिया लगायतबाट पीडित उहाँको काठमाडौंको निदान अस्पतालमा उपचारका क्रममा आज निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

नेपाली कांग्रेसका नेतासमेत रहेका मल्ललाई शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा प्रदेश प्रमुखमा नियुक्त गर्नु भएको थिए। उहाँ २०७४ माघ ३ मा सुदूरपश्चिम प्रदेश प्रमुख बन्नु भएको थियो ।