• २०८३ जेष्ठ १८ गते सोमवार

नेप्से २६.७२ अंकले घट्यो, ५ अर्ब ६१ करोडको कारोबार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १८, काठमाडौं । नेप्सेमा आज गिरावट आएको छ । बजेटपछिको पहिलो कारोबार दिन आज सोमबार नेप्से २६.७२ अंकले घटेर २७५५.३७ विन्दुमा पुगेर रोकिएको छ । आज ३४९ कम्पनिका एक करोड ३३ लाख ८३ हजार ८१६ कित्ता शेयर ५ अर्ब ६१ करोड ४३ लाख ७४ हजार ९२८ मा कारोबार भएको थियो । आज निर्जीव वीमा र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी कालिन्चोक हाइड्रो र नेपाल रिइन्सुरेन्स कम्पनीको शेयर १४.९९ प्रतिशतले बढेको छ आज सबै भन्दा बढी बुङ्गल हाइड्रोको शेयर १३.२० प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ४३ करोड ४ लाख बराबर कारोबार भएको छ भने नेपाल रिइन्सुरेन्सको ३७ करोड १३ लाख बराबरको कारोबार भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस