• २०८३ बैशाख २२ गते मङ्गलवार

राष्ट्रिय युवा संघ सङ्खुवासभामा २२५ सदस्य जिल्ला कमिटी गठन

हिरा राई ‘पुजा’ पढ्न लाग्ने समय : २ मिनेट

बैशाख १४, सङ्खुावसभा । ध्रुव खड्का (डिवान)को नेतृत्वमा राष्ट्रिय युवा संघ नेपाल सङ्खुवासभा जिल्ला कमिटी गठन भएको छ । २ सय २५ सदस्य संख्या रहेको जिल्ला कमिटीको उपाध्यक्ष कोषराज दाहाल, सचिब नवराज कडुवाल, सहसचिब भविन गुरुङ, कोषाध्यक्ष सुवास राई सहित जिल्ला कमिटी सचिवालय सदस्यमा ४३ जना रहने गरि कमिटी निर्माण गरिएको हो ।


राष्ट्रिय युवा संघ नेपाल सङ्खुवासभाले वैशाख १० गते जिल्ला भेला तथा सपत ग्रहण कार्यक्रम आयोजना गरी प्रत्येक पालिकाहरुबाट संयोजकहरु समेत तोकेको छ । जसमा भोटखोला गाउँपालिका लाक्पाल्होमी भोटे, मकालु गाउँपालिका रुपराज तामाङ, चिचिला गाउँपालिका राजकुमार राई, सिलिचोङ गाउँपालिका हरि बहादुर राई, सभापोखरी गाउँपालिका सन्त तामाङ, खाँदबारी नगरपालिका विजय कालधन, चैनपुर नगरपालिका सुबास राई, पाँचखपन नगरपालिका बिनोद पोख्रेल, मादी नगरपालिका रत्न बहादुर गुरुङ, धर्मदेबी नगरपालिका भिम जिमि रहेका छन । त्यसैगरी काठमाडौ सम्पर्क संयोजक वेइजिङ शेर्पा, मोरङ सम्पर्क संयोजक रबिन ढंगना, सुनसरी सम्पर्क संयोजक राजेश तामाङ र झापा सम्पर्क संयोजक युगल भुसाल चयन भएका छन ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य तथा जिल्ला अध्यक्ष ध्रुव खड्काका अनुसार राष्ट्रिय युवा संघ नेपाल सङ्खुवासभाले वैशाख १३ गते खाँदबारीमा पत्रकार सम्मेलन कार्यक्रम गरि जिम्मेवारी बाडँफाडँका बारेमा जानकारी दिएको हो । पत्रकार सम्मेलन कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य तथा जिल्ला अध्यक्ष ध्रुव खड्का )डिवान) को अध्यक्षता तथा संघका केन्द्रिय अध्यक्ष बच्चन बहादु् सिंहको प्रमुख आतिथ्यमा कार्यक्रम संचालन भएको हो ।

कार्यक्रममा संघका केन्द्रिय उपाध्यक्ष रोशन बस्नेत, नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य मुरारी खतिवडा, भरत खत्री, भविश्वर गुरुङ, खड्ग राई, विदुर लिङ्थेप सुब्बा तथा नेकपा एमाले जिल्ला अध्यक्ष जित बहादुर घिमिरे, सचीव नारायण कटुवाल, कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य राजेश श्रेष्ठ, सन्दिप घिमिरे लगायतको उपस्थितिमा कार्यक्रम समापन भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस