फागुन १५, काठमाडौं । बागमती प्रदेश सरकारद्वारा प्रदेश अन्तर्गत रहेका ५ अस्पताललाई एम्बुलेन्स दिने भएको छ । फागुन १६ गते प्रदेश सरकारले विशेष कार्यक्रम आयोजना गरि एम्बुलेन्स हस्तान्तरण गर्न लागेको हो ।
प्रदेश सरकारले मकवानपुरको हेटौंडा अस्पताल, सिन्धुलीको सिन्धुली अस्पताल, सिन्धुपाल्चोकको चौतारा अस्पताल, धादिङको धादिङ अस्पताल र नुवाकोटको त्रिशुली अस्पताललाई सुबिधायुक्त एम्बुलेन्स हस्तान्तरण गर्न लागेको हो । अस्पताल सुदृढीकरण कार्यक्रम अन्तर्गत ५ वटा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरीने श्रोतले जनाएको छ ।