पुस ११ ,काठमाडौं।काठमाडौंको हलचोकमा चितुवा फेला परेको छ।हलचोकभित्र रहेको सशस्त्र प्रहरी बल एपिएफ को हेडक्वाटरमा देखिएको उक्त चितुवालाई नियन्त्रणमा लिइएको छ।
‘आज बिहान करिब ६ बजे हलचोकभित्र चितुवा देखिएपछि नियन्त्रणमा लिइएको छ,’ महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी नायब उपरीक्षक मिलन केसीले भने।उक्त चितुवा हलचोकस्थित शशस्त्रको गेटबाटै भित्र पसेको अनुमान छ। चितुवा छरसात महिनाको रहेको बन कार्यालयले जनाएको छ।
‘प्रहरी र सशस्त्र प्रहरी मिलेर चितुवा नियन्त्रणमा लिएका हौं। चितुवालाई जिल्ला बन कार्यालय हात्तिसारको जिम्मा लगाइएको छ,’ उनले भने।उक्त चितुवालाई उद्धार गरेर ललितपुरस्थित जाउलाखेलको सदर चिडियाखानामा ल्याइएको छ।
उक्त चितुवा स्वयम्भूको सडकमा हिडिँरहेको पनि देखिएको स्थानीय बासिन्दाले बताएका छन्।
चितुवा बिरामी रहेको हुन सक्ने अनुमान छ।