• २०८३ बैशाख ९ गते बुधवार

भारत नियन्त्रित कश्मीरमा भएको गोली हानाहानमा ३ आतङ्ककारीको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस,११,काश्मिर।भारत नियन्त्रित कश्मीरमा दुई छुट्टाछुट्टै गोली हानाहानमा तीन आतङ्ककारीको मृत्यु भएको प्रहरीले आइतबार जनाएको छ।
प्रहरीले पुलवामा जिल्लाको त्रालमा दुई आतङ्ककारीको मृत्यु भएको र अनन्तनाग जिल्लाको श्रीगुफ्वारा क्षेत्रमा एकजनालाई गोली हानेर मारिएको बताएको छ।
प्रहरी, सेना र अर्धसैनिक बलको संयुक्त टुकडीले विद्रोहीहरूको उपस्थिति रहेको संकेत गर्ने विशेष गुप्तचर सूचनाको आधारमा गाउँहरू घेरेपछि दुवै ठाउँमा बन्दुकधारीहरूले गोली चलाएको प्रहरी प्रवक्ताले बताए।
झडपमा सरकारी सेनालाई कुनै क्षति नभएको पनि जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस