• २०८३ मङ्सिर ४ गते बिहिवार

चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १०, सुनसरी । प्रहरीले चोरी मुद्दाका फरार प्रतिवादी धरान उपमहानगरपालिका-१७ नमस्ते चोक बस्ने २८ बर्षीय गोफ्ले भन्ने गोपाल गुरुङलाई बिहीबार पक्राउ गरेको छ ।

जिल्ला अदालत सुनसरीको २०७६ जेठ ९ गतेको फैसलाले चोरी मुद्दामा लगत नम्बर ८९५९ मा नगद ५९ हजार ९ सय ६ रुपैयाँ, लगत नम्बर ८९६० मा २ महिना कैद र १७ हजार रुपैयाँ र लगत नम्बर ८९६१ मा ८ महिना कैद र ५३ हजार रुपैयाँ जरिवाना भएकोमा उक्त कैद तथा जरिवाना बेरुजु रही फरार रहेका उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनकै गाउँघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत सुनसरीमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार चलान गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस