मंसिर १, सप्तरी । प्रहरीले बोदेबर्साईन नगरपालिका-१ बस्ने २२ वर्षीय राधेश्याम मण्डल र सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई नियन्त्रित लागूऔषध १ सय ४९ ट्याब्लेट नाईट्राभेट र १८ पिस ईन्जेक्सन सहित शुक्रबार बिहान पक्राउ गरेको छ ।
प्रहरी चौकी सिस्वाबेल्हीबाट खटिएको प्रहरीले खडक नगरपालिका- २ बेल्हीमा उनीहरूलाई जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।