मंसिर १०, काठमाडौं । ९ औं महाधिवेशनबाट निर्वाचित नेकपा एमालेको केन्द्रीय कमिटीको अन्तिम बैठक आज बस्दैछ । १० औं महाधिवेशन उद्घाटन समारोह सकिएपछि बैठक बस्ने भएको हो । नेकपा एमालेका नेता कार्यकर्ताहरु अहिले चितवनमा रहेका छन् ।
चितवनको नारायणी नदी किनारमा एमालेको १० औं महाधिवेशन उद्घाटन गरिएको छ । उद्घाटन सत्रको कार्यक्रम सकिएपनि एमाले केन्द्रीय कमिटीको अन्तिम बैठक जंगल क्राउन होटल सौराहामा साँझ ८ बजे बस्ने बताइएको छ ।
बैठकमा ९ औं महाधिवेशनपछि समिक्षा, १० औं महाधिवेशन उद्घाटनसत्रको समिक्षा लगायतका विषयमा छलफल हुनेछ । यस्तै नेतृत्व चयन लगायतका विषयमा पनि छलफल हुनेछ ।
महाधिवेशनको उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।