मंसिर १०, चितवन । कोरोना महामारीले थलापरेको चितवनको होटल व्यवसाय नेकपा एमाले महाधिवेशनले एकाएक जुरुक्क उठेको छ । महाधिवेशनले होटल क्षेत्र मात्रै होइन सबै क्षेत्र चलायमान बनाएको छ ।
महाधिवेशनबाट सबैभन्दा धेरै गुल्जार बनाएको यहाँका होटल व्यवसायीले आर्थिक मुनाफा मात्रै लिएका छैनन् देश तथा विदेशमा आफ्नो व्यवसायिक क्षमता देखाउन पाएकोमा गर्व गरेका छन् ।
उनीहरुले चितवनको व्यवस्थापन, यहाँको पर्यटन क्षेत्रलाई लाखौं नेपालीको बीचमा प्रतक्ष्य तथा विभिन्न संचार माध्यमबाट गरिएका प्रतक्ष्य प्रशारणबाट सबै ठाउँमा थप परिचय दिलाउन सकेको बताएका छन् ।