• २०८३ भाद्र २० गते शनिवार

महाधिवेशनबाट सशक्त र एकताबद्ध एमाले निर्माण हुन्छ : नेता पोखरेल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १०, चितवन। नेकपा एमाले स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले एमाले एकताका साथ महाधिवेशनमा होमिएको बताए । दशौं राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा एक शुभकामना दिदै नेता पोख्रेलले भने, “पार्टी एकताबद्ध र एक ढिक्का छ ।

यति बेला नेतृत्वप्रति असहमति प्रदान गर्ने कुरा पार्टी र आन्दोलनको हितमा हुँदैन ।” “हामी कुनै विचार समूहमा विभाजित भएका छैनौँ । महाधिवेशनबाट सशक्त र एकताबद्ध एमाले निर्माण गर्दैंछौं” “कार्यकर्ताहरूले दिएको म्यान्डेटअनुसार हामी अगाडि बढेका छौँ । कार्यकर्ताहरूको म्यान्डेट विपरीत हामी अगाडि बढ्दैनौँ ।”

Sharing

प्रतिक्रिया दिनुहोस