• २०८३ मङ्सिर १३ गते शनिवार

जर्मनीद्वारा दक्षिण अफ्रिकाबाट हुने अधिकांश यात्रा प्रतिबन्धित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मङ्सिर १०,बर्लिन । जर्मनीले ठूलो संख्यामा उत्परिवर्तन भएको नयाँ कोभिड-१९ को फैलावट रोक्न दक्षिण अफ्रिकाबाट हुने धेरैजसो यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेको कार्यवाहक स्वास्थ्य मन्त्री जेन्स स्पानले शुक्रबार बताउँनुभएको छ।

शुक्रबार रातिदेखि शुरु हुने नयाँ नियमहरूले दक्षिण अफ्रिका र “सम्भवतः छिमेकी राष्ट्रहरू” लाई असर गर्ने स्पानले बताउँनुभएको छ । यद्यपि जर्मन नागरिकलाई भने प्रवेश अनुमति दिइएको छ । खोप लगाए पनि उनीहरू स्वदेश आइपुगेपछि १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ।

Sharing

प्रतिक्रिया दिनुहोस