• २०८३ बैशाख १८ गते शुक्रवार

भरतमणी पौडेल र पूर्व युवराज पारस शाहको भेट

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

 

कार्तिक ९, काठमाडौँ । कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’का बिजेता भरतमणी पौडेलले पूर्व युवराज पारस शाहलाई भेट गरेका छन् ।भरतमणीले शुक्रबार काठमाडौंको शेर्पा मलमा पूर्व युवराजसँग भेटेका हुन् । पारस निकट व्यक्तिको सम्पर्कमा रहेका भरतमणीले उनकै सहयोगमा पारससँग भेट गरेका हुन् । भरतमणीसँग ‘कमेडी च्याम्पियन’को पहिलो सिजनका प्रतिस्पर्धी सुमन कोइराला पनि भेटमा सहभागी थिए ।

सो भेटबारे कुरा गर्दै भरतमणीले भने–‘मलाई देख्ने वित्तिकै उहाँ हाँस्नुभयो । हात मिलाउँदै के छ हालखबर भनेर सोध्नुभयो । पहिलो भेटमा नै उहाँले बर्षौपछि भेट भएको साथी जस्तो व्यवहार देखाउनुभयो । म उहाँको प्रशंसक थिए, भेटेपछि झनै ठूलो फ्यान भएको छु ।’ पारसले भरतमणीले आफ्नो क्यारिकेचर गरेको बिषयमा छोटो प्रतिक्रिया दिए । पारसले भरतमणीको प्रस्तुतिमा रमाइलो प्रतिक्रिया दिदै–‘फन्नी फन्नी । दामी थियो’ भनेका थिए ।

भरतमणीका अनुसार, पारसले आफ्नो मात्र नभएर सुमन कोइराला, विक्की अग्रवाल, सुमन थापाको प्रस्तुति पनि हेरेका रहेछन् । पारसको क्यारिकेचरबारे गहिरिएर कुरा नभएको भरतमणीको भनाई छ ।भरत र सुमनसँगको भेटमा पारसले देशको चिन्ता भने खुबै गरेका थिए । भरतले भने–‘उहाँले देशको चिन्ता खुबै गर्नुहुदोरहेछ । आफू पनि स्वतन्त्रता र प्रजातन्त्रको पक्षमा नै रहेको उहाँले बताउनुभयो । तर, देशमा रेफ्री विनाको खेल भैरहेको भन्दै पारस शाहले चिन्ता व्यक्त गर्नुभयो । युवाहरुमा जोश भएपनि व्यवस्थापकहरुले सम्बोधन गर्न नसक्दा अधिकांश युवाहरु विदेश गएको बिषयमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।’

Sharing

प्रतिक्रिया दिनुहोस