• २०८३ बैशाख २० गते आइतवार

इप्रका कोहलपुर प्रहरीद्धारा ३ लाख ५० हजार नगदसहित ७ जुवाडे पक्राउ

 सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ९, बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुर प्रहरीले ७ जना जुवाडेलाई तास खेलिरहेको बेलामा पक्राउ गरेको छ ।

उनीहरुबाट प्रहरीले साढे ३ लाख रकम पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–८ मा जुवा भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इप्रका कोहलपुर प्रहरीले राती साढे १२ बजे छापा मारेको थियो ।

जुवाडेहरु नजिकैको जंगलमा जुवा खेलिरहेको अवस्थामा प्रहरीको फन्दामा परेका हुन् ।

No description available.

जिल्ला प्रहरी कार्यालय बाँके र इप्रका कोहलपुरको टोली र केही घुमुवाको सक्रियतामा उनीहरुलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनालले जनाएका छ्न। चाडपर्व भित्रिएसँगै जुवाडेहरु सल्बलाउन थालेका छन् ।

केही दिन अघि पनि प्रहरीले बैजनाथबाट तीन जना जुवाडेलाई पक्राउ गरेको थियो । उनीहरुलाई पनि जंगलबाटै पक्राउ गरिएको थियो । घरमा प्रहरीले छापा हान्ने भयले जुवाडेहरुले जंगल क्षेत्रलाई जुवाखाल बनाउन थालेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस